मरभूमीको तापमा हिँड्दा हिँडदै।
अनायासै तिम्रो मायाको छहारी भेटेछु।।
तिमीले दिएको मायाको सहारामा टेक्दै।
बामे सर्न सिकेछु।।
आज पनि मलाई त्यहि मायाको पहिलो बर्षामा रुज्न मनलाग्यो।
अपरिचित भई तिमिसँग पहिलो परिचय गर्न मनलाग्यो।।
तिमीसँग विताएका स्वर्णिम पलहरु फेरी फेरी याद आँऊछ।
त्यहि पलमा समय रोकिएको भए हुन्थ्यो जस्तो लाग्छ।।
समयको भेलसँगै जीवनले आज कहाँ पुर्यायो।
सम्झनाका छालहरुले स्मृतिमा पुन: धक्धक्यायो।।
किन हो किन सपना र विपना एकै जस्तो लाग्छ।
गन्तब्य फरक भएपनि यात्रा एकै हो कि जस्तो लाग्छ।।
तिमीसँग हुँदाका पलहरु जीवनभर साँच्नेछु।
त्यसैलाईनै माया सम्झी जीवनभर बाँच्नेछु।।।।

-कविर लम्साल
कार्तिक २४, २०६८

Advertisements